1. अपाङ्ग सेवा संघले प्रदेश सरकार तथा स्थानीय सरकारसँगको साझेदारीमा डोटी जिल्लाभरी नै काम गर्छ । यूनाईटेड मिसन टु नेपाल र अष्ट्रेलियन एडको सहयाेगमा जोरायल गाउँपालिकामा समुदायमा आधारित पुनर्स्थापना परियोजना सञ्चालन गरिरहेको छ । यसैगरी पूर्वीचौकी गाउँपालिका र आदर्श गाउँपालिकाको साझेदारीमा समेत उक्त गाउँपालिकाहरुमा काम गरीरहेको छ ।